• Friday 24th of July 2026

संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैन : डा. शेखर कोइराला


  • आशाका किरण

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताउनु भएको छ ।

बुधबार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता कोइरालाले सरकार बने देखि नै संविधान ट्रयाक बाहिर गएको भन्दै फागुन २१ गते निर्वाचन नभए झन ठूलो संवैधानिक संकट आउने भएकाले कांग्रेसले निर्वाचनमा जोड दिएको बताउनुभयो ।

उहाँले आफुहरुले तोकिएको समयमा निर्वाचन गराउने आकांक्षा राखेको भएपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गर्नुभयो । तोकिएको समयमा निर्वाचन नभए संसद पुनस्र्थापनाको सम्भावना बलियो हुने उहाको भनाइ छ । नेता कोइरालाले आगामी महाधिवेशनमा आफु सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो ।

फरक प्रसंगमा नेता कोइरालाले नेपाली कांग्रेसको विधान अनुसार शेर बहादुर देउबा पुनः सभापतिको उम्मेदवार हुन नमिल्ने जानकारी दिनुभयो । उहाँले तोकिएको समयमा नै कांग्रेसको महाधिवशेन हुनुपर्ने धारणा राख्नुभयो ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij