नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने बताउनुभएको छ ।
बुधबार महाधिवेशनस्थल भृकुटिमण्डपमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा बिभिन्न समूह देखापरेपनि महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने बताउनुभएको हो ।
उहाले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिष्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताउनुभयो । राष्ट्रिय राजनीतिमा देखापर्ने चूनौतिहरुको सामना गर्न एमाले सक्षम रहेको उहाको भनाइ छ ।
एमालेको नेतृत्वमा जो आएपनि राष्ट्रिय राजनीतिका चूनौतिलाई सामना गर्दै मुलुकलाई सहि बाटोमा लिएर जाने कुरामा सफलता प्राप्त गर्ने उहाले बताउनुभयो ।
