निर्वाचन कानुन एवं व्यवस्थापनका बिषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलका क्रममा एमाले सचिव महेश बस्नेतले फागुन २१ गते हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको बताउनुभएको हो । उहाले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने एमालेको निष्कर्ष रहेका सुनाउनुभयो । पुराना दललाई गाली गरेर निषेध गरेर, स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने उहाको भनाइ छ । उहाले सरकारले लोकतान्त्रीक अभ्यास मिचेर अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाउनुभयो ।
