• Friday 24th of July 2026

पार्टीले सभापति रवि लामिछानेको बिकल्प खाेज्दैनः गणेश पराजुली


  • आशाका किरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीले सभापति रवि लामिछानेको बिकल्प नखोजेको बताउनुभएको छ ।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व अरू कसैले सम्हाल्नु पर्छ भनेर आवाज नउठाएको र पार्टीले पनि रवि लामिछानेको विकल्प नखोजेको बताउनुभएको हो ।

कुनै पनि पार्टीभित्र गुट–उपगुटका चर्चा चल्ने कुरा नौलो नभएको भन्दै उहाले रास्वपाभित्र अहिले गुट–उपगुटको अवस्था नरहेको दावी गर्नुभयो । उहाले रास्वपाभित्र धेरै राजनीतिक शक्तिहरु समाहित भएको अवस्थामा महाधिवेशनमार्फत सवैलाई समेटेर अघि बढिने उल्लेख गर्नुभयो ।

पराजुलीले पार्टीभित्रका नेताहरुमाथि लागेका आरोपको बचाउ वा खण्डन गर्ने पक्षमा आफुहरु नरहेको भन्दै अनुसन्धानका लागि बाटो खुला रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij