• Tuesday 8th of September 2026

पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्छ : नेता पौडेल


  • आशाका किरण
g]sf jl/i7 g]tf kf}8]n e/tk'/, !( k'; M g]kfnL sfFu|];sf jl/i7 g]tf /fdrGb| kf}8]n e/tk'/ ljdfg:yndf ;~rf/sdL{;Fu s'/f ub{} . t:jL/M s[i0f cfrfo{÷/f;;

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुन्छ । उहाँले पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेको आरोप लगाउनुभयो । पौडल समूहको बहिष्कारका बीच नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औँ महाधिवेशनको मिति तोकेको थियो ।

“पार्टीमा केही समस्या छन्”, पौडेलले भन्नुभयो, “समाधानका लागि मैले नौबुँदे एजेन्डा प्रस्तुत गरेको थिएँ, त्यसमा छलफल हुँदै गर्दा एकलौटी निर्णय भयो ।” उहाँले जीवन्त पार्टीमा साना ठूला विवाद भने भइरहने बताउनुभयो । उहाँले पार्टीलाई सुदृढ बनाउन नेता कार्यकर्ताले विकल्प खोज्ने बताउनुभयो । “म पार्टीलाई सुधार गर्दै जनताको भरोसाको केन्द्र बनाउने मिशनमा छु”, उहाँले भन्नुभयो, “विकल्प कार्यकर्ताले खोज्छन् ।” नेतृत्वको असक्षमताका कारणले नै बलियो प्रतिपक्षको भूमिका खेल्न नसकिएको उहाँले स्वीकार गर्नुभयो । देशलाई भ्रष्टचारमुक्त र काँग्रेसलाई विकृति मुक्त बनाउनुपर्ने नेता पौडेलको धारणा छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij