• Tuesday 8th of September 2026

लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन सक्षम : नेता डा कोइराला


  • आशाका किरण
lj/f6gu/, !( k';-/f;;_M g]kfn t?0f bn If]q g+=^ df]/ªåf/f cfh oxfF cfof]lht t?0f e]nf tyf kf6L{ k|j]z sfo{s|dnfO{ g]kfnL sfªu];sf s]Gb|Lo ;b:o 8f z]v/ sf]O/fnfn] ;Daf]wg ub}{ . t:jL/ M df]xDdb ;b?n, /f;; .

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताउनुभएको छ । नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा आज यहाँ आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेकामा जोड दिनुभयो । केन्द्रीय सदस्य डा कोइरालाले सरकारले देशमा महँगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न सुझाव दिनुभयो । जनताले सरकार कहाँ छन् खोज्न नपरोस् भन्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्ने भन्दै केन्द्रीय सदस्य कोइरालाले युवा शक्तिले देशलाई अग्रगामीतर्फ लैजानुपर्ने धारणा राख्नुभयो ।

नेपाल काँग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरपालिका प्रमुख भीम पराजुलीले युवाहरुको सक्रियताबाट नै नेपालको विकास तीव्र गतिमा हुनेमा जोड दिनुभयो । कार्यक्रममा काँग्रेस महासमिति सदस्य वसन्त भट्टराई, प्रदेशसभा सदस्य केदार कार्की, शिवनारायण गनगाईं, विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij