• Tuesday 8th of September 2026

पार्टीले आवश्यकता देखेर मलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो : नारायणकाजी श्रेष्ठ


  • आशाका किरण
g]skfsf k|jQmf >]i7 kf]v/f @) k';M /fli6«o;ef lgjf{rgdf cfkmgf] dgf]gog btf{kl5 kf]v/fdf k|]; ;ªu7g sf:sLn] cfOtaf/ cfof]hgf u/]sf] kqsf/ e]63f6 sfo{qmddf cfkmgf] egfO /fVb} pDd]bjf/ Pj+ g]skf :yfoL sldl6 ;b:o Pj+ k|jQmf gf/fo0fsfhL >]i7 . t:jL/M /flwsf sF8]n÷/f;;

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले आवश्यकता देखेर आफुलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको बताउनुभएको छ । उम्मेदवारी दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय कास्की पुग्नुभएका श्रेष्ठले यस्तो बताउनुभएको हो । आफुले कहिलै पनि संसदको सदस्य नहुने वा राष्ट्रियसभामा नजाने भनेर नभएको बताउँदै श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी विना शर्त पुरा गर्ने बताउनुभयो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयबाट दुईजना (बामदेव गौतम र नारायणकाजी श्रेष्ठ) राष्ट्रियसभामा जानुपर्छ भन्ने प्रस्ताव गरेपछि मात्रै आफुले थाहा पाएको उहाँले बताउनुभयो ।श्रेष्ठलाई नेकपाले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट उम्ेमदवार बनाएको थियो । २०७४ सालको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्नुभएका श्रेष्ठ डाक्टर बाबुराम भट्टराईसँग पराजित हुनुभएको थियो । नेकपाकै उम्मेदवार भगवती न्यौपानेलेपनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij