प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको काम सन्तोशजनक रहेको बताउनुभएको छ ।श्क्रबार राष्ट्रिय पुननिर्माण परामर्श परिषद्को पाचौं बैठकमा पुननिर्माणको वर्तमान अवस्था एवं कर्ययोजनाको समिक्षा गर्दै प्रधानमन्त्री ओलीले अहिले सम्मको पुननिर्माणको प्रगति सन्तोशजनक रहेको बताउनुभएको हो । उहाँले पुननिर्माणको काममा भएको अहिले सम्मको प्रगतिका आधारमा तीन वटा निर्णय गरेर अगाडी बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो । कामको प्रगतिलाई लिपिबद्ध गरेर जानुपर्ने, बाँकी कामहरुलाई छिटो सम्पन्न गर्न देखिएका समस्या समाधान गर्नुपर्ने र प्राथमिकताका आधारमा पुननिर्माणमा जोड दिनुपर्ने विषयमा निर्णय गरी अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।बैठकमा प्रधानमन्त्री ओलीले अहिले सम्मको प्रगति र अनुभवलाई लिपिवद्ध गरेर राख्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन समेत दिनुभयो ।बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले निजी आवास पुननिर्माण, शिक्षण संस्थाहरु, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, पुरातन्विक एवं सांस्कृतिक सम्पादा, सडक तथा खानेपानी, सामाजिक आर्थिक पुनस्र्थापना, पुननिर्माणको दीगोपना र हस्तान्तरण तथा बजेट व्यवस्थापन र खर्चको विवरणका विषयमा भएका प्रगतिको जानकारी गराउनु भएको थियो ।
