• Tuesday 8th of September 2026

स्थानीय तहसँग समन्वय गर्ने–मुख्यमन्त्री राई


  • आशाका किरण
d'VodGqL /fO{ lj/f6gu/, @( k'; M k|b]z g+=! sf] d'VodGqL z]/wg /fO{ d'VodGqL tyf dlGqkl/ifbsf] sfof{no k|b]z g+=!af6 cfof]lht k|b]z ;dGjo kl/ifbsf] t]:f|f] a}7snfO{ dËnaf/ ;dfkg ;df/f]xdf ;Daf]wg ub}{ . t:jL/ M df]xDdb ;b?n÷/f;;

प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले सञ्चालन गर्ने योजनामा स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित ‘प्रदेश समन्वय परिषद्को तेस्रो बैठक’ को आज समापन अवसरमा उहाँले भन्नुभयो, “सङ्घीय सरकारको ठूला, प्रदेशको मझौला र स्थानीय तहको सानो योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।” मुख्यमन्त्री राईले अगामी हुने राष्ट्रिय जनगणना र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्थानीय तहले अहम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं योजनाहरुको अनुगमन प्रभावकारी ढङ्गले गर्न एउटा सशक्त समिति बनाउने जानकारी दिनुभयो । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजश्वबिना सरकार सञ्चालन गर्न नसकिने हुँदा यसको दायरा फराकिलो पार्नुपर्नेमा जोड दिदैं स्थानीय तहले कानून बनाएर कर उठाउनुपर्ने सुझाव दिनुभयो । दुई दिने सो बैठकमा प्रदेशभरिका स्थानीय तहका अध्यक्ष एवं उपाध्यक्ष, जिल्ला समन्वय समितिका संयोजक र प्रशासकीय अधिकृतको सहभागिता थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij