• Tuesday 8th of September 2026

अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय


  • आशाका किरण
CPN (Maoist Center) leader Agni Sapkota speaks at an interaction program organized by the Reporters' Club Nepal on Monday, May 7, 2018. Photo: Mukunda Kalikote/Reporters' Club Nepal

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो । सचिवालय बैठकबाट सर्वसम्मत रुपमा सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका महासचिव विष्णु पौडेलले बताउनुभयो । सभामुख चयनको विषयमा नेकपाभित्र लामो समयसम्म कुरा मिल्न सकेको थिएन् ।

प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कुरा मिल्न सकेको थिएन् । आइतबार बिहान ओली र दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएपछि साँझ सचिवालय बैठक बोलाइएको थियो । नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाएसँगै सोमबारका लागि डाँकिएको प्रतिनिधिसभा बैठक सुचारु हुने भएको छ । यद्यपी उपसभामुख तुम्बाहाङफेले यसअघि सचिवालयले राजीनामा दिन दिएको निर्देशन अस्वीकार गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij