• Tuesday 8th of September 2026

सभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक


  • आशाका किरण
?????? ?????? ;f+;b sf7df8f}F, ^ df3 M ????????????? ??????? ?????? ?????? ?????? ;f+;b ? ???? ??? ? ??? ????? ?/L ?????? ????? ? ? t:jL/ M???? ???????÷/f;;

माघ १२ गते हुने प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार मंगलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे २ बजे उम्मेदवारको सूची प्रकाशित गरिने छ । माघ १२ गते आइतबार ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने छ । संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भएपनि सभामुख पद रिक्त रहेका कारण एक महिना सम्म संसद बैठक प्रभावित हुदै आएको थियो । असोज १४ गते कृष्ण बहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहदै आएको थियो । सोमबार उपभासभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुखको निर्वाचनका लागि बाटो खुलेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij