• Saturday 25th of July 2026

काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने


  • आशाका किरण
g]sfsf] ;+;bLo bnsf] a}7s a:b} sf7df8f}F, & df3 M g]kfnL sfªu|];sf]sf] ;+;bLo bnsf] a}7s l;+xb/af/l:yt bnsf] sfof{nodf a:b} . t:jL/ M /f]zg ;fksf]6f÷ /f;;

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो । काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको आसन्न निर्वाचनमा काङ्ग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिनुभयो । “सभामुख पद आफैँमा तटस्थ रहनुपर्ने पद भएकाले काङ्ग्रेस संसदीय दलले उम्मेदवारी नदिने निर्णय गरेको छ”, उहाँले भन्नुभयो । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि रिक्त सभामुख पदका लागि आज उम्मेदवारी तथा माघ १२ गते निर्वाचन हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भने अग्निप्रसाद सापकोटालाई सभामुखमा अगाडि सारेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij