• Saturday 25th of July 2026

सरकारले हरेक कानूनहरु गलत मनसायका साथ ल्याएको छ: रामचन्द्र पौडेल


  • आशाका किरण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले हरेक कानूनहरु गलत मनसायका साथ ल्याएको बताउनुभएको छ । नेपाल प्रेस युनियनले गरेको लोकतन्त्रको सुदृढिकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । अझै पनि नेपालमा लोकतन्त्रका लागि अनुकुल वातावरण नभएको उल्लेख गर्दै पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिबाट लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

नेकपाले एकदलिय निरङ्कुसता तर्फ अगाडी बढने आदर्शका साथ अगाडी बढेको भएपनि जनताको बहुदलसँग जोडेर आफुलाई जनवादसँग जोड्न लागेको आरोप लगायनुभयो । ‘नेकपाको आफ्नो आदर्श र सिद्धान्त एकातिर छ । जनमतको दबावम बाहाना अर्कोथरी गर्नुपरेको छ । बहुदल नमान्ने एकदलिय निरङ्कुसता लिएर देशलाई परिवर्तन गर्छु भन्ने संकल्प लिएर आएको कम्युनिष्ट शक्तिले आफुलाई बहुदलसँग जोडेर, बहुदलिय जनवादसँग भनेर जनताले बहुदल माग्या छन् भने त्यतै तिर आफुलाई जोड्ने प्रउास गरेको छ’, उहाँले भन्नुभयो ।पौडेलले संविधान सभाको प्रकृतिका कारण संविधान आउने सम्भावना नरहेको भएपनि निरन्तर ६ वर्षसम्म संघर्ष गरेर संविधान आउन सम्भव भएको बताउनुभयो । संविधान आएपछि संविधान विपरितका कानून बनाएर काम गर्न पाइदैन भनेर खवरदारी गर्न पाइएको उहाँले बताउनुभयो । सरकारलाई संविधानले दिएको अधिकारलाई कुण्ठित गर्न पाईंदैन भन्ने अवस्था संविधानले ल्याएको उहाँले बताउनुभयो ।पौडेलले प्रेस स्वतन्त्रताका लागि जे गर्नुपर्ने भएपनि आफ्नो सधै सहयोग हुने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले नेपाली कांग्रेस भित्र अझै पनि धेरै कुराहरु मिलाउनुपर्ने आवश्यकता रहेको औंल्याउनुभएको छ । कांग्रेसलाई जोगाएर जनताले विश्वास गर्ने अवस्थामा पु¥याउन विधि र पद्धति अनुसार अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij