• Tuesday 8th of September 2026

नेकपा केन्द्रीय कमिटी बैठक शुरु


  • आशाका किरण
g]skfsf cWoIf …k|r08Ú nufot bf];|f] k""0f{ a}7s sf7df8f}Fsf] /fli6«o;ef u[xdf a'waf/b]lv ;'? ePsf] g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] s]G›Lo ;ldltsf] bf];|f] k""0f{ a}7sdf pkl:yt k|wfgdGqL s]kL zdf{ cf]nL, g]skfsf cWoIf k''iksdn bfxfn …k|r08Ú nufot g]tfx? . t:jL/ M k|bLk/fh jGt÷/f;;

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा शुरु भएको छ । पार्टी एकता भएको डेढ वर्षपछि भएको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरिरहनुभएको छ । बैठकमा अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले उद्घाटन सम्बोधन गरिरहनुभएको छ । प्रधानमन्त्री ओलीले सरकारका यसबीचका काम र उपलब्धिबारे पनि प्रस्तुत गर्दै हुनुहुन्छ । उद्घाटन सत्रमा सञ्चारकर्मीलाई पनि सहभागी गराइएको छ । नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने कार्यतालिका छ । यस्तै विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन् । विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij