• Tuesday 8th of September 2026

एक विधेयक पेश


  • आशाका किरण
k|b]z;efsf ;b:o uf}td v:of}nL, @@ df3 M k|b]z g+ % sf] k|b]z;efdf k|b]z;efsf ;b:o afa'/fd uf}td ljz]if ;dodf af]Nb} . t:jL/M o'j/fh kf08]÷/f;;

प्रदेश नं ५ को प्रदेशसभामा वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज पेश भएको छ । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले सो विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । यसअघि प्रदेशसभाको विशेष समयमा विभिन्न विषयमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाका सदस्य बाबुराम गौतमले जमीनको पुर्जा वितरण गर्ने अधिकार कुन तहलाई हो ? भन्ने प्रश्न गर्दै भूमिको पुर्जा वितरण गर्ने पनि हो कि बोर्ड मात्रै झुण्ड्याउने हो भन्नुभयो । अर्का सदस्य कल्पना पाण्डेले प्रदेशसभाको स्थापना दिवसमा राजपालाई अवमूल्यन गरेको गुनासो गर्नुभयो । अर्का सदस्य सन्तोष पाण्डेले कोरोना भाइरस नियन्त्रणका लागि भारतसँग जोडिएको सीमा क्षेत्रमा स्वास्थ्य ‘डेस्क’ स्थापना गर्न माग गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij