• Tuesday 8th of September 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको छ :पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई


  • आशाका किरण

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास प्रकरण छानविनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिनुभएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण विहिबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले अख्तियारको छानविन प्रक्रिया प्रति असन्तुष्ठी जनाउनुभएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन प्रक्रियामा नै त्रुटी रहेको र भागवण्डाका आधारमा जानेहरुले निश्पक्ष अनुसन्धान गर्न नसक्ने तर्क उहाँले गर्नुभयो । जग्गा फिर्ता गर्छु भनेकाले मुद्धा नचलाईएको भन्ने सन्र्दभमा उहाँले ‘कसैले चोर्यो म फिर्ता गर्छु भनेर छाड्न हुन्छ?’ भनी प्रश्न गर्नुभयो ।उहाँले भन्नुभयो “अख्तियार दुरुपयोग आयोग गठन प्रक्रिया नै त्रुटीपुर्ण छ । कर्मचारी मध्येबाट भागवण्डामा मान्छे नियुक्त हुन्छन् । उनीहरु निश्पक्ष ढंगले अनुसन्धान गरी मुद्धा चलाउन पनि सक्दैनन् ।

हाम्रा ऐन कानुन यति प्रक्रियामुखी छन् कि परिणाममा जानु भन्दा नि प्रक्रिया पुर्याउदै गएर परिवबन्धले साधु र कुनै गल्ती नगरेको मान्छे फस्ने र जसले वद्मासी गरेको छ त्यसले प्रक्रिया पूरा गरेर उम्कने । यस्तो नियम कानुनको पनि समस्या छ । ललिता निवास प्रकरणमा नियत खराब जस्तो पनि देखिन्छ । केही मान्छेले मुक्ति पाउने, कसैले चोर्यो, म फिर्ता गर्छु भनेर पछि छोड्नुहुन्छ ?”त्यसैगरी नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले राजनीतिक पुर्वाग्रहयुक्त अख्तियारको कदम विरुद्ध जनता समक्ष जानुको साथै कानूनी रुपमा पनि अघि बढ्ने बताउनुभयो । मन्त्रीपरिषद्का निर्णयहरु प्रधानमन्त्रीको स्वीकृतिमा नै पारित हुने भएकाले विभागिय मन्त्री मात्रै ती निर्णयको जवाफदेही नभई प्रधानमन्त्री स्वयम् हुने भन्दै उहाँले प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर विभागिय मन्त्रीलाई मात्रै मुद्धा दर्ता गर्नुले राजनीतिर्क पुर्वाग्रह देखिएको बताउनुभयो ।उहाँले भन्नुभयो “मन्त्रीपरिषद्का निर्णयहरु प्रधानमन्त्रीको स्वीकृतिमा नै पारित हुन्छन् । प्रधानमन्त्रीलाई उन्मुक्ति दिईएको छ । तर मन्त्रीलाई मुद्धा चलाईएको छ । जमिन प्राप्त गरेकालाई उनले जग्गा फिर्ता गरे त्यसकारण उनलाई मुद्धा लगाईएन भनेको छ । त्यसकारण पुर्वाग्रहयुत्त छ भन्ने ठहर छ । यसविरुद्ध जनता समक्ष जान्छौ । कानुनी रुपमा पनि जान्छौ । ”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij