• Tuesday 8th of September 2026

भ्रष्टाचार तितरवितर गरेको सहन नसकेर प्रतिपक्षी दलले विरोध गरेको हो : सांसद रामनारायण विडारी


  • आशाका किरण

ललिता निवास प्रकरण्मा अख्तियारले गरेको निर्णय भेदभावपूर्ण रहेको भन्दै प्रतिपक्षी दलले विरोध जनाइरहँदा सत्तपक्षका सांसदले भने उक्त निर्णयको बचाउ गरेका छन् । राष्ट्रियसभा बैठकमो विशेष समयमा बोल्दै सांसद रामनारायण विडारीले देशको प्रगति रोक्ने हतियारका रुपमा रहेको भ्रष्टाचार तितरवितर गरेको सहन नसकेर प्रतिपक्षी दलले विरोध गरेको बताउनुभयो ।बिहीबारको बैठकमा उहाँले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा खुसी मनाउने तर ओली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न आक्रामक अरुमा अघि बढेपछि विरोध गर्ने भन्दै अख्यितारको निर्णयको बचाउ गर्नुभयो ।सत्तारुढ दलका वरिष्ठ माधव कुमार नेपाल महाचिव विष्णु पौडेल लगायतविरद्ध मुद्धा दायर नभएको र नेपाली कांग्रेस उपभापति विजयकुमार गच्छदार विरुद्ध मुद्धा दायर हुनु वदनियतपूर्ण भएको भन्दै कांग्रेसले विरोध जनाइरहेका बेला उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘भ्रष्टाचार व्याप्त गराए । बडो खुसी मनाए व्याप्त छ भनुन्जेल । जटिल बनाएर राखे भ्रष्टाचारलाई । यस्तो जटिल बनाए कसैले पनि त्यहाँ गएर एक्सन गर्नै नसक्ने भए । त्यस्तो बनाउँदा खुसी भएर हाँसे । विगतदेखि यस्तै यस्तै भयो । वर्तमान ओली नेतृत्वको नेपाल सरकारले त्यो जमेर । संगठित भएर । त्यो भित्रभित्रै ब्यापक फैलिएर बसेको आपराधिक कार्य फोर्दै, तोड्दै आक्रामक रुपमा प्रहार गर्दै आयो । यसमा त सबैजना खुसी हुनुपर्ने हो नी ।

वाह वाह गजब गर्यो भन्नुपर्ने हो नी ।’’‘सुन तस्करी गरे । सुन चोरेर ल्याए । मस्त सँग चोरे । चोर्नेको कुरा एउटा विचराले देख्यो । त्यसलाई पनि गोली हानेर मारे । अनि त्यो मुद्धा मारेर क्या मजासँग गदगद हाँसेर बसे । यहि सरकारले त्यो सुन तस्करहरुलाई खोज्यो । समात्यो पक्राउ ग¥यो । विदेशमा गएका समेतलाई ल्यायो । झ्यालखानमा हाल्यो । खोइ ठूलो माछा भनेर उफ्रिन्छ । फेरी त्यसलाई कत्रो ठूलो माछा चाहिएको रहेछ । यो पनि बुझ्न सकिएन्’, उहाँले भन्नुभयो ।न्यायाधीहरुलाई कारवाही गर्न सुरु गर्दा सबैले राजीनामा दिएर भागेको उल्लेख गर्नुहुँदै उहाँले अहिले अख्तियारका पूर्व प्रमुख आयुक्त र आयुक्तहरु विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको र लामोसमय सत्ताको वरिपरि रहेका व्यक्तिहरुलाई समेत मुद्धा दायर भएको बताउनुभयो । ‘‘लामो समयसम्म पदमा बसेको उपप्रधानमन्त्री, मन्त्री सचिव, धनाड्य घरनाहरु, उद्योगपति, र अपराधि कर्मचारीलाई सजाय गर्न मुद्धा चलाउने सरकार र आयोगलाई धन्यवाद दिनुपर्नेमा मेरो मान्छेलाई किन कारवाही गरियो भनेर विरोध भइरहेको छ,’’, उहाँले भन्नुभयो, ‘‘यो सरकारले गजब ग¥यो अब केही हुन्छ पो भन्नुपर्ने होइन र ? एकथरी मान्छे सधै विरोध, कारवाही नगरे खै कारवाही भन्छ, कारवाही गरे फलानो लाई किन नगरेको मेरो मान्छेलाई किन ग¥या त्यो अर्कोलाई किन नग¥या भन्छ ।’’उहाँले मनसायपूर्ण रुपमा गरिएको कामलाई अपराध मानिने तर अञ्जानमा गरिएको कामर्लाइ अपराध मान्न नसकिने धारणा उहाँले राख्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij