• Friday 24th of July 2026

जग्गा छानविन देखि मुद्धा दायर सम्म सरकारले कसैलाई विभेद नगरेको मन्त्री गोकुल बाँस्कोटाको दाबी


  • आशाका किरण

सरकारले ललिता निवासको जग्गा  छानविन देखि मुद्धा दायर सम्म कसैलाई विभेद नगरेको दाबी गरेको छ । मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले ललिता निवास जग्गा प्रकरणको छानविनमा “लाल फित्ता धारी र स्वेतफित्ता धारीको व्यवहार ”नगरेको दाबी गर्नुभएको हो । बिजय कुमार गच्छदार माथिको कारवाही पुवर्गाग्रही भएको भन्ने संचारकर्मीको जिज्ञासामा उहाँले सरकारले कसैलाई पनि विभेद नगरेको बताउनुभएको हो ।उहाँले भन्नुभयो “यहाँ लाला फित्ता धारी र स्वेता फित्ता धारीको व्यवहार भएको छैन । यो कानुन प्रयोजनको कुरा हो ।”उहाँले बालुवाटारको जग्गा प्रकरणमा संलग्नताको आधारमा विभिन्न चरण चरणमा वर्गिकरण गरि सोही अनुसारको मुद्धा दायर गरिएको फेयस्ति नै सुनाउनुभयोउहाँले भन्नुभयो “बालुवाटारको घटना आज भएको होइन र सुचना प्राप्त भएपछि कारवाही थालेको हो । यसमा १ सय ७५ जनालाई कुलमा मुद्धा चलाईएको छ । पहिलो श्रेणीमा सरकारी सेवा सुविधा लिएर निवासको जग्गालाई व्यक्तिको नाममा दर्ता गराउने कार्यमा संलग्न देखियोे उनीहरु मुद्धा चलाएको छ । जग्गाको धनी वा मोही दाबी गरेर सार्वजनिक जग्गा आफ्नो नाममा ल्याउनेहरुलाई सरकारी जग्गा आफ्नो नाममा ल्याएको अभियोग लगाईएको छ ।

त्यसैगरी आफ्नो स्वामित्व भएका ६५ जनालाई र्किते गरि व्यक्तिको नाममा ल्याएको जग्गा किन्नेलाई पनि मुद्धा दाबि गरिएको छ ।”उहाँले अदालती प्रक्रिया सुरु भईसकेकाले अदालतको फैसलालाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो “प्रक्रिया सुरु भयो अब अदालतमा गएको छ । अब अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुन्छ । त्यो नै सरकारले कार्यान्वयन गर्ने हो । दोषी ठहरीनु भयो भने त के लाग्छ त बाबा ? हामी केही पनि गर्न त सक्दैनौ । ”पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कोरोना भाईरसको संक्रमण फैलीएको मुलुक चीनबाट ल्याउने नेपालीलाई काठमाण्डौका शिवपुरी, इचंगुनारायण, सूर्यविनायक, खरिपाटीमा क्वारेन्टाईन स्थल बनाई सोही स्थानमा राख्ने तयारी सरकारले सुरु गरेको पनि जानकारी गराउनुभयो । क्वारेन्टाईन स्थल बनाउने बारेमा प्रधानमन्त्रीले निर्देशन दिईसकेकाले चीनबाट ल्याएका नेपालीलाई राख्ने स्थानको प्रबन्ध मिलाईदै गरिएको उल्लेख गर्दै तयारी पुरा भएपछि ल्याउने काम हुने भएकाले चीनमा रहेका नेपालीलाई धैर्यधारण गर्न र संयमता अपनाउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij