• Tuesday 8th of September 2026

ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउनु हुन्न : माधवकुुमार नेपाल


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार ।नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुुरा गर्नुहुँदै उहाँले उक्त प्रकरणमा अनुुचित कार्य गरेर भ्रष्टाचार गर्ने जो भएपनि उन्मुुक्ति दिन नहुुने बताउनुुभयो । कोहि निर्दोष मान्छे पर्न नहुने तर दोषी भए उम्कन पनि नहुने नेपालले बताउनुभयो । नेता नेपालले सो घटनामा दोषी नरहेको दाबी गर्नुहुँदै आफु भ्रष्टाचार पनि नगर्ने र गर्नपनि नदिने मान्यताको मान्छे रहेको बताउनुभयो । उहाँले आफ्नो पालामा उक्त जग्गामा नयाँ मोहि बनाउने निर्णय नभएको प्रष्ट पार्नुुभयो ।

‘कुुनै बाटो वनाउने विषयमा निर्णय गरिन्छ यदि वाटो वनाउदा भ्रष्टाचार भयो भने वाटो वनाउन निर्णय गर्ने प्रधानमंत्रीलाई दोषि भन्न मिल्दैन’, उहाँले भन्नुभयो ।उहाँले ललिता निवास जग्गा प्रकारणमा कसैलाई पार्टीगत रुपमा मुुद्धा नलगाइएको दावी गर्नुभयो । एमसिसीका विषयमा नेपालले परियोजनामा रहेका प्रावधानहरु नेपालको हितमा छन छैनन् भन्ने विषयमा गहन अध्यन गरेर चाँडो टुंगो लगाउनुपर्ने बताउनुभयो । एमसीसीको विषयमा अध्ययन गर्न कार्यदल बनेको बताउनुहुँदै उहाँले कार्यदलले निष्पक्ष रुपमा काम गरेर यो विषय चाँडै टुुंग्याउनुु पर्ने बताउनुभयो । नेता नेपालले सरकाले आफ्नो कामलाई तिव्रता दिएर समृद्ध नेपाल र सुुखि नेपालीको अभिभारालाई पुुरा गर्नुुपर्नेमा जोड समेत दिनुुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij