• Tuesday 8th of September 2026

नवनियुक्त आइजीपीको निर्देशन: पद पहुच र हैसियतको आधारमा नागरीकलाई असमान व्यवहार नगर्नु


  • आशाका किरण
kbef/ u|x0f sf7df8f}F, @( df3 M gjlgo'Qm k|x/L dxflg/LIfs 7fs'/k|;fb 1jfnL a'waf/ k|x/L k|wfg sfof{no gS;fnl:yt cfkmgf] sfo{sIfdf kbef/ u|x0f . t:jL/ M gf/fo0f 9'ªufgf ÷/f;;

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गर्दै प्रहरीलाई पद पहुच र हैसियत नहेर्न निर्देशन दिनुभएको छ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा महानिरीक्षक  ज्ञवालीले भन्नुभयो कुनै पनि नागरीकले प्रहरी  सेवा पाउनबाट बन्चित हुन् नपरोस न्याय र सुरक्षा पाउने हक बाट बिमुख हुन्  नपरोस भन्ने मेरो मान्यता रहेको छ।  प्रहरीले सेवा प्रबाह एबम कानुनको कार्यान्यवनमा कुनै पद पहुच र हैसियतको आधारमा कसैलाई असमान व्यवहार गर्ने  छैन भन्ने प्रतिवद्धता ब्यक्त गर्न चाहन्छु।

प्रहरी सामु केहि चुनौतीहरु  छन  देश संघियतामा प्रवेश गरेको अवस्था छ संघीय सरकार, प्रदेश सरकार, स्थानिय सरकारको अवधारणामा काम गरेका छौ तर अहिलेसम्म हामी कानुनत त्यो अवस्थामा पुग्न सकेका छैनौ त्यसैले अबको समय भनेको प्रहरीको समायोजन गर्ने मुख्य चुनौती रहेको भन्दै त्यसतर्फ नेपाल प्रहरी र आफ्नो ध्यान जाने बताउनु भएको थियो।

महानिरीक्षक  ज्ञवालीलाई  गृहसचिब महेश्वर न्यौपानेले  दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो । मंगलबार सर्बेन्द्र  खनालले ३० वर्षे सेवा अवधीका कारण सेवाबाट अवकाश पाएपछि ज्ञवालीलाई  सरकारले नेपाल प्रहरीको नयाँ प्रमुखमा ज्ञवालीलाई नियुक्त गरेको थियो।

हेर्नुहोस सो कार्यक्रममा महानिरीक्षक  ज्ञवालीले गर्नुभएको सम्बोधन 

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij