• Tuesday 8th of September 2026

सरकारले कांग्रेस सक्काउन झुठो मुद्धा लगायो : प्रवक्ता शर्मा


  • आशाका किरण

कांग्रेसले फरक राजनीतिक आस्था राख्ने व्यक्तिहरुमाथि पूर्वाग्रह राखी सुनियोजित रुपमा झुठा मुद्दा लगाउने, संविधानको मर्म र भावना विपरितका विधेयक ल्याउने सरकारी निर्णयको भत्र्सना गरेको जनाएको छ । शर्माले पार्टीका मुद्दा र राष्ट्रिय मुद्दाहरुको सन्दर्भमा पार्टीका सबै नेताहरु एक ठाउँमा आएको सन्देश पनि बैठकले दिएको बताउनुभयो ।नेपाली कांग्रेसको केन्दीय कार्यसमिति बैठकले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यस्यता वितरण गर्ने निर्णय गरेको छ । पार्टीको बुधबारको केन्द्रीय कार्यसमिति बैठकले प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता थप गर्ने तथा वडा कार्य समिति र क्षेत्रिय कार्यसमितिका लागि आवश्यक पर्नेसम्म क्रियाशिल सदस्यता वितरण खुला गर्ने निर्णय गरेको हो । प्रत्येका वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले वितरण गर्ने निर्णय बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । प्रवक्ता शर्माले गत पुस ११ गतेको बैठकले अधिवेशनसम्मका लागि विधानका केही धारा निलम्बन गर्ने भनि गरेको निर्णय बुधबारको बैठकले सर्वसम्मतिले पारित गरको बताउनुभयो । पार्टीको महाधिवेशनसम्म विधानका ५ वटा धारा निलम्बन गर्ने निर्णय गत पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले गरेको थियो । तर त्यतीबेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक नै बहिस्कार गर्दै बहुमतबाट भएका निर्णयहरु मान्य नहुने बताउँदै आएका थिए । कांग्रेसले आगामी वर्षको फागुनमा हुने पार्टीको महाधिवेशनको कार्यतालिका पनि केही हेरफेर गरेको छ । प्रवक्ता शर्माका अनुसार यहि फागुन १५ गतेभित्र समाजोजन गर्न जिल्लाहरुलाई निर्देशन दिएको छ । कतिपय समायोजन हुन नसकेको जिल्ला वा समायोजनका क्रममा समस्या उत्पन्न भएमा केन्द्रबाट समुन्वय गर्ने सहमति पनि बैठकमा जुटेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij