• Tuesday 8th of September 2026

MCC को विषयमा जथाभाबी नबोल्न शिर्ष नेताहरुलाई भिम रावलको चेतावनी(भिडियो)


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलका सदस्य भीम रावलले एमसीसीको विषयमा जथाभावि नबोल्न शीर्ष नेताहरुलाई चेतावनी दिनुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको विषयमा जथाभावि नबोल्न चेतावनी दिनुभएको हो ।

नेकपाको दोस्रो पूर्ण केन्द्रीय समिति बैठकले गम्भिर विषयमा छलफल गर्ने अधिकार समितिलाई दिएको उल्लेख गर्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएका रावलले केन्द्रीय समिटीको कार्यादेश विपरित कुनै पनि व्यक्तिले अन्यथा कुरा ग¥यो भने त्यो औचित्यहिन हुने बताउनुभयो । केन्द्रीय समितिले दिएको अधिकार अनुसार आफुहरुले एमसीसी सम्झौता र योसँग जोडिएका विषयमा छलफल भइरहेको भन्दै एमसीसीका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई नदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपाको पूर्ण बैठकबाट कार्यदल गठन हुने निर्णय बमोजिम गम्भिर विषयमा छलफल गर्ने कार्यादेश प्राप्त भएको छ ।

कार्यादेशलाई कुनै पनि व्यक्तिले अन्य अर्थ लगाएर कुरा ग¥यो भने त्यो औचित्यहित हुन्छ ।’ कार्यदलले समेत छलफलको समयमा सार्वजनिक अभिवयक्ति नदिने विषयमा आचारसंहिता बनाएको उहाँले बतायनुभयो । कार्यदलले सुझाव र निष्कर्षसहित प्रतिवेदन बुझाउने भएकाले केन्द्रीय समितिको कार्यादेश विपरित अभिव्यक्ति दिनु भनेको केन्द्रीय कार्यसमितिको अपमान गरेको ठहरिने उहाँले बताउनुभयो ।रावलले संसदमा प्रस्तुत भएका बाहेक अन्य दर्जन भन्दा बढी सम्झौताहरु पनि कार्यदलले फेला पारेको खुलासा गर्नुभएको छ । अहिलेसम्म संसदमा प्रस्तुत भएको बाहेक दर्जन बढी सम्झौता फेला परेको र अझै अरु पनि हुन सक्ने उहाँले बताउनुभयो । संसदमा प्रस्तुत भएको बाहेक अन्य सम्झौताहरुको विषयमा आचारसंहिताका कारण बोल्न नमिल्ने उहाँले बताउनुभयो ।

कार्यदलको सयम १० दिनका लागि थप गरिएको छ । ‘थपिएको १० दिनमा प्रतिवेदन तयार हुन्छ ?’ भन्ने प्रश्नमा, रावलले सम्झौताहरुको अध्ययन गर्नुपर्ने भएकाले समथ थप गरिएको र तोकिएको समयभित्रै प्रतिवेदन तयार हुने विश्वास व्यक्त गर्नुभयो । पहिले जानकारीमा नआएका कुराहरु पनि अध्ययनका क्रममा आएकाले समथ लागेको उहाँको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij