• Tuesday 8th of September 2026

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने


  • आशाका किरण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले उपाध्यक्ष गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने सदस्य पदका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको बताउनुभयो । अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि यही फागुन २१ गते सकिने जनाइएको छ । प्रवक्ता श्रेष्ठले संविधान संशोधनका लागि गृहकार्य गर्न पार्टीले कार्यदल बनाएपनि कार्यदल अहिले नरहेको र क्रियाशील नहुने जानकारी दिनुभयो । ‘‘यसअघि बसेको सचिवालयका बैठकले त्यसप्रकार कार्यदल बनाएर जानु उपयुक्त हुने सन्दर्भमा समझदारी बनेको तर संविधान संशोधन आवश्यकताअनुसार हुँदै जान सक्ने संविधानको मर्म र प्रावधानअनुसार अगाडि बढ्न सकिन्छ”, उहाँले भन्नुभयो, “तर अहिल्यै नै संशोधन गृहकार्य गर्न उक्त कार्यदल बनाएर अगाडि बढ्नुपर्ने औचित्य आजको बैठकले देखेन । त्यसकारण अब कार्यदल छैन ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij