• Tuesday 8th of September 2026

प्रधानमन्त्रीको चेतावनी : वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्दिनँ


  • आशाका किरण
zlgjf/ k|ltlglw;efnfO{ ;Djf]wg ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ Mk|bLk/fh jGt,/f;;

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस नगर्ने बताएका छन् ।

मन्त्रिपरिषद्को‍ सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने बुधबार बसेको सचिवालय बैठकको निर्णय लगत्तै आफ्ना विरुद्ध खेल भएको भन्दै ओलीले उक्त निर्णय नमान्ने बताएका हुन्।

सचिवालयका केही नेतालाई फोन गरेर ओलीले वामदेवलाई राष्ट्रियसभामा सिफारिस नगर्ने चेतावनी दिएको स्रोतले बतायो।

बुधबार बसेको सचिवालय बैठकमा ‘अन्य सदस्यहरूले पहिल्यै निर्णय गरेर आएकाले वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरौँ’ भनेर असन्तोष मिश्रित भाषामा स्वीकृति दिएको सचिवालयका एक सदस्यले बताए।

तर, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने वामदेव गौतमको विषयमा सचिवालय बैठकमा सर्वसम्मत भएकाले प्रधानमन्त्रीले उल्ट्याउन नमिल्ने दाबी गरे। ‘वामदेव कमरेडको विषयमा बैठकमा सर्वसम्मत निर्णय भएको थियो। पार्टीको त्यो निर्णय एक अध्यक्षले उल्ट्याउने भन्‍ने नै हुँदैन,’ उनले भने।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij