• Tuesday 8th of September 2026

ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुन्छः मन्त्री फुयाँल


  • आशाका किरण

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुने बताउनुभएको छ । मकवानपुरको विकट मानिने राक्सिराङ तथा कैलाश गाउँपालिकाको वस्तुस्थितिको स्थलगत अवलोकन गर्न त्यहाँ पुग्नुभएका मन्त्री फुयाँलले स्थानीयवासीसंगको छलफलमा भन्नुभयो, “हाम्रो उद्देश्य वस्तुवादी योजनासहित जनतालाई धनी तथा सुखी बनाउने र गाउँको विकास गरेर देशलाई समृद्ध बनाउने हो ।” “प्रदेशको सबैभन्दा विकट राक्सिराङ र कैलाश गाउँपालिका हो, तर अब यसलाई सुगम बनाउन प्रदेश सरकार लागि पर्छ”, उहाँले भन्नुभभयो, “सडक सञ्जालका हिसाबले मात्र पछाडि परेको यो क्षेत्रलाई प्रदेशको सुविधासम्पन्न, पर्यटकीय तथा आकर्षक स्थलको रुपमा विकास गर्ने योजना सरकारको छ ।”

प्रदेशसभा सदस्य ओमबहादुर ग्लानले मनहरिबाट राक्सिराङ, कैलाश र धादिङ हुँदै नुवाकोट र रसुवासमेत जोड्न सके यस क्षेत्रका नागरिकलाई प्रदेशको राजधानी हेटाँैंडा आउन सजिलो हुने बताउनुभयो । मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रती, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलगायतले यस क्षेत्रको दिगो विकासतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij