• Tuesday 8th of September 2026

केपी ओली नेतृत्वको सरकारलाई असफल बनाउन प्रचण्ड नजिकका मान्छे लागेको खुलासा

  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार। वर्तमान केपी ओली नेतृत्वको सरकारलाई असफल बनाएर सरकार ढाल्न प्रचण्ड नजिकका मान्छे लागेको तथ्य बाहिर आएको छ।  तत्कालिन प्रेस चौतारी नेपालका अध्यक्ष एवम् हालका प्रेस संगठनका सह-संयोजक गणेश बस्नेतले सो कुराको रहस्य उजागर गर्नु भएको हो। प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले पत्रकार महासंघको महासचिवलाई प्रचण्डले नै निर्देशन दिए बमोजिम आफुले बिज्ञप्ती निकाल्न लगाएको र तिमी कोही होइन भनेर गाली गलौज गरेको कुरा फेसबुकमा राखेर नेकपा अध्यक्ष प्रचण्डको नियतको उजागर गरेका हुन्। गणेश बस्नेतले यस्तो तथ्य बाहिर ल्याएपछी  नेकपा अध्यक्ष समेत रहेका प्रचण्डको बलमा केपी ओली नजिकका मान्छे सिद्धाउने खेल सुरु भएको राजनीतक वृतमा चर्चा चल्न थालेको छ।

हेर्नुस गणेश बस्नेतको फेसबुक स्टाटस जस्ताको त्यस्तै :

महेश्वर दाहाललाई फोन गरें, उहाँले कमरेड प्रचण्डको आदेशमा पत्रकार महासंघका महासचिव रमेश बिष्टलाई बिज्ञप्ती जारी गर्न मैले लगाएँ, तिमी कोही होइनौं, म हुँ तिम्रो प्रेस चौतारीको नेता भन्नुभयो । अनि हामी कांग्रेस माओवादी गठबन्धन अहिले पनि जारी छ, तिमी एमालेहरुको दिन सकियो भन्दै अपमान गर्नुभयो । धन्यवाद महेश्वर कमरेड यो जानकारीको लागि अनि सत्य बोल्नु भएकोमा । तपाईको कुरा सत्य हो भने दुई तपाई त के कामरेड प्रचण्ड समेंत मेरो नेता होईन ।

यस्तो छ पत्रकार  महासंघले जारी गरेको बिज्ञप्ती :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij