सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपालको माना खाएर भारतको गाना गाउने सरिता गिरीलाई नेपालको सांसद बन्ने अधिकार नरहेको युवा संघ नेपालका सह-संयोजक रमेश पौडेलले आशाका किरण मिडियालाई बताएका छन् ।आशाका किरण मिडियासंग कुरा गर्दै रमेश पौडेलले एक हप्ताभित्र सरिता गिरिलाई कडा कारबाही गर्न सरकारलाई अल्टिमेटम दिएका हुन् । सरकारले जारी गरेर प्रतिनिधि सभाबाट सर्वसम्मत पास भईसकेको लिपुलेक र लिम्पियाधुरा सहितको नक्साको विषयमा सदनमा राष्ट्रियता बिपरितको अभिव्यक्ति दिएकाले सरिता गिरिको सांसद पद खारेज गर्ने राष्ट्रिय युवा संघ नेपालले माग गरेको छ । आज संयोजक र सह-संयोजकले संयुक्त रुपमा प्रेस विज्ञप्ति निकालेर सरकारलाई कडा कारबाही गर्न अल्टिमेटम समेत दिएका छन् । हेर्नुस् विज्ञप्ति :

