• Saturday 25th of July 2026

संसद् अधिवेशन अन्त्य : के के भयो राष्ट्रियसभामा


  • आशाका किरण
/fli6«o;ef a}7s sf7df8f}F, % h]7 M ;+3Lo ;+;b ejg gofF jfg]Zj/df ;f]daf/ a;]sf] /fli6«o;efsf] a}7s . a}7sdf cfly{s jif{ @)&&÷)&* sf nflu ;/sf/sf] jflif{s gLlt tyf sfo{qmddf 5nkmn ePsf] lyof] . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा उहाँले आज अपराह्न ५ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गर्नुभएको हो । राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीबाट प्राप्त चालु संसद्को अधिवेशनको अन्त्यसम्बन्धी पत्र पढेर सुनाउनु भएको थियो । अध्यक्ष तिमिल्सिनाले पत्रमा उल्लेख भएअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज अपराह्न ५ बजेदेखि अन्त्य भएको सभासमक्ष जानकारी गराउनु भएको थियो ।

संसद्को छैटौँ अधिवेशन अवधिमा राष्ट्रियसभाबाट सम्पादन गरिएका मुख्यमुख्य काम कारवाहीको बारेमा सङ्क्षिप्त विवरण सभासमक्ष जानकारी गराउँदै अध्यक्ष तिमिल्सिनाले २०७७ साल वैशाख २६ देखि असार १८ सम्मको ३१ दिनमा ३५ बैठक बसेको र ६० घण्टा ५० मिनेट सभा सञ्चालन भएको जानकारी दिनुभयो । यसबीच विभिन्न विधेयक पारित भएका छन् । प्रतिनिधिसभाबाट सन्देशसहित यस सभाबाट पारित गरी केही विधेयक फिर्ता भएका छन् भने केही विधेयक विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाइएको छ ।

पारित विधेयक

उक्त अवधिमा राष्ट्रिय खेलकुद विधेयक २०७५, नेपाल विशेष सेवा विधेयक २०७६, नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६, विरुवा संरक्षण ९पहिलो संशोधन० विधेयक २०७५, बीउविजन ९दोस्रो संशोधन० विधेयक २०७५, नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक २०७७, विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७ सभाबाट पारित भएको छ । त्यसैगरी राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत ९चौबिसौँ संशोधन० विधेयक २०७७, र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७ लाई राष्ट्रिय सभाबाट पारित गरिएको बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तह ९अन्तरसम्बन्ध व्यवस्थापन० विधेयक २०७७ र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७६ सहित १३ वटा विधेयक राष्ट्रियसभाबाट पारित गरिएको छ ।

फिर्ता विधेयक

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित यस सभाबाट पारित गरी केही विधेयक फिर्ता गरेको छ । जसअनुसार नेपालको संविधान ९दोस्रो संसोधन० विधेयक २०७७, विनियोजन विधेयक २०७७, आर्थिक विधेयक २०७७, राष्ट्र ऋण उठाउने विधेयक २०७७, ऋण तथा जमानत ९चौबिसौँ संसोधन० विधेयक २०७७, केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक २०७७ रहेको छ ।

दफावार छलफलमा पठाइएको विधेयक

सभामा दर्ता भएका अन्य केही विधेयकहरु सैद्धान्तिक छलफल गरी दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको समेत उहाँले जानकारी दिनुभयो । अध्यक्ष तिमिल्सिनाले नागरिक उड्ययन प्राधिकरण विधेयक २०७६, नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६, अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६, तथ्याङ्क विधेयक २०७६, स्टान्डर्ड नाप र तौल ९पाँचौँ संशोधन० विधेयक २०७६, प्रतिलिपि अधिकार ९पहिलो संशोधन० विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको बताउनुभयो । यसै अधिवेशनको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७७÷७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालको जवाफ दिनु भएको थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई पटक र गृहमन्त्री रामबहादुर थापाले समसामयिक विषयमा सभालाई सम्बोधन गर्नुभएको उहाँले जानकारी दिनुभयो । सभामा राष्ट्रिय सुरक्षा परिषद् र महान्यायाधिवक्ता कार्यालयबाट वार्षिक प्रतिवेदन सभासमक्ष पेश भएको थियो । यसै अवधिमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय महत्वको दस्तावेज अभिलेख व्यवस्थापनसम्बन्धी प्रतिवेदन सभासमक्ष पेश गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । यसै अधिवेशनमा संविधानसभा एवं प्रतिनिधिसभाका सदस्य ज्ञानकुमारी छन्त्याल, संविधानसभाका सदस्य प्रा डा विश्वनाथप्रसाद अग्रवाल, शिवनारायण गुरौ, मेघराज सहनी र प्रतिनिधिसभाका पूर्वसदस्य दुर्योधन सिंह चौधरीको निधनमा सभामा शोक प्रस्ताव पारित भएको थियो ।

विपद् रोक्ने कार्यमा जुटन आग्रह

अध्यक्ष तिमिल्सिनाले विश्व नै कोभिड–१९ बाट आक्रान्त भएको र वर्षाका कारण बाढी पहिरो तथा डुबानबाट जनधनको क्षति हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । सभाका सदस्यहरुलाई विपद् व्यवस्थापन, नियन्त्रण, न्यूनीकरण, उद्धार तथा राहतमा लाग्नसमेत उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij