• Saturday 25th of July 2026

सभामुखसमक्ष नवनिर्वाचित सांसद ज्वारचनको शपथ


  • आशाका किरण
gjlgo'Qm Hjf/rgnfO{ zky ;efd'v clUgk|;fb ;fksf]6f ;+3Lo ;+;b ;lrjfno l;+xb/af/l:yt s[lif ;ldltsf] xndf cfOtaf/ gjlgo'Qm ;dfg'kfltssf ;+;b ;b:o u'NdLsf ;'j0f{ Hjf/rgnfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

सभामुख अग्निप्रसाद सापकोटाले नेपाली काँग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले शपथ लिनुभएको हो । नेपाली काँग्रेसकातर्फबाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपाति सदस्यमा निर्वाचित ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधनपछि उक्त सदस्य पद रिक्त थियो ।

नेकाको समानुपातिकतर्फको बन्द सूचिको क्रमसङ्ख्या ५९ र आदिवासी जनजाति समावेशी समूहको प्राथमिकता क्रम छ मा रहनुभएकी ज्वारचनलाई निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेको हो । गुल्मीको सत्यवती गाउँपालिका वडा नं ६ स्थायी घर भएकी सांसद ज्वारचनको परिवारसँग मुलुकमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष र योगदान पु-याएको पृष्ठभूमि जोडिएको छ । विसं २००२ मा जन्मिएर २०३६ बाट राजनीतिमा सक्रिय ज्वारचन जिविस गुल्मीको निर्वाचित उपसभापति पनि हुनुभयो ।

यसअघि उहाँ विसं २०७० मा भएको दोस्रो संविधानसभा सदस्य हुनुहुन्थ्यो । दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपछि उहाँले नौ महिना उद्योग तथा वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । समारोहमा सभामुख सापकोटाले उहाँलाई सङ्घीय सांसदको लोगो प्रदान गर्नुभयो ।

‘राष्ट्रियताको पक्षमा खरो उत्रिन्छु’

शपथपछि उहाँले राष्ट्र, राष्ट्रियता र जनताको हितमा सदनमा खरोरुपमा आवाज उठाउने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हामी सबै नेपालीको प्रयासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो नक्सामा समावेश भएको छ, मुलुकको सार्वभौम र स्वाधीनता जोगाउने सवालमा हामी सबै एकढिक्का हुनुपर्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij