भन्न त सबैले तपाइँलाइ “कमरेड” नै भन्नुहुन्छ तर मलाइ भन्न मन भएन , रामकुमारी झाँक्री ज्यु नमस्कार !
पछिल्लो दिन यता आफ्नै पार्टी नेतृत्वको सरकार , सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष जनताका प्रिय नेता केपी शर्मा ओलीको र रास्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध विरोधको नेतृत्वकर्ता बन्दै आउनुभएको छ । देशमा महासंकट आइपरेको बेलामा समेत जनताको सरकारलाइ सहयोग गर्न छोडेर उल्टो विरोधमा लागेको देख्दा लाग्छ कि तपाइँ कुनै खराब व्यक्ति बाटै परिचालित हुनुहुन्छ ।
मलाइ विश्वास छैन तपाइँको समाजिक सञ्जालमा पोष्टिने काइते पोष्टहरु तपाइँको औंलाले लेखेको हो भनेर ! यदि हो भने तपाइँको भाषामा “जबज” फिल्म हो भने मलाइ भन्नू केही रहेन किनकी तपाइँको विचार कस्तो रहेछ ? अध्ययन के हुँदो रहेछ ? कसैमा भ्रम अब नरहला यति हो तपाइँको फिल्म अधुरो नरहोस । रामकुमारी झाँक्री ज्यु तपाइँलाई यहाँ सम्म ल्याइपुर्याउन सहयोग गर्ने व्यक्तिहरुले “धत ! कस्तालाइ नेता बनाइएछ” भन्दा तपाइँलाई आफ्नो मुख छोपम-छोपम हुँदैन ? यदि तपाइँलाई “जनताको बहुदलीय जनवाद” को विशेषताहरु थाहा छैन भने आउनुहोस थाहापाउनुहोस के के छ्न भनेर ; – संविधानको सर्वोच्चता , – बहुलवादी खुल्ला समाज , – शक्ति पृथकीकरणको सिद्धान्त , – मानव अधिकारको रक्षा , – बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली , – आवधिक निर्वाचन , – बहुमतको सरकार तथा संवैधानिक प्रतिपक्ष , – कानुनी राज्य , – वैदेशिक पुँजि र प्रविधिको उपयोग , – क्षतिपुर्तुको नीति , – नेतृत्व र अधिनायकत्व , – जनवादी व्यवस्थाको सुदृढीकरण , – जनताको बहुदलीय जनवाद । अब छर्लङ्ग हुनुहोस माननीय ज्यु ।
“जबज”को व्यानरमा अनेरास्ववियुको अध्यक्ष बन्नुभयो , त्यसैको व्याजमा कुनै लगानी नगरी निवासमै बसेर सांसद पद प्राप्त गरेको कति चाँडो बिर्सनुभयो ? तपाइँका लागि जवज धन कमाउने भर्र्याङ् होला तर लाखौं कार्यकर्ताको लागि “जबज” प्राण हो । उम्रिदैको तीन पातेको फुर्ती कति दिन ?
म तपाइँलाइ केही प्रश्न गर्न चाहान्छु ;
तपाइँको राजनीति गर्ने भुगोल कहाँ हो ?
भुगोल हुने माननीयज्यु हरु जनताको दु:खमा मलामपट्टी लगाउन जानुहुन्छ तर तपाइँ चाहिँ समाजिक सञ्जालमा पोष्टहरुमा कति बेरमा कति लाइक , कमेन्ट र शेयर आउँछन त्यही हेर्दै बस्ने हो ?
तपाइँ सँग दिनदिनै प्रश्न गर्ने कहाँका जनता छन ?
तपाइँ सँग अपेक्षा राख्ने र सुख-दुखमा साथ खोज्ने जनता कहाँका छन ?
तपाइँलाई न जनताका पिर मर्का थाहा छ न त भुगोलमा पसिना बगाउन पर्यो , क्य आननदै?
गुटले नेता मानेर हुँदैन हेक्का रहोस । तपाइँले निर्वाचन लडने आँट पनि गर्नुहुन्न किनकी तपाइँलाई कुनै भुगोलले चिन्दैन , न जनता साथमा छन , न दुनियाँलाई नै थाहा छ बस तपाइँको फेसबुकमा ५१ हजार ७०० फलोअर मात्रै छन । जन आन्दोलनको एउटा तस्बिरको व्यापार गरेर कति समय तपाइँको राजनीति टिक्ला ?
अनि एउटै तस्बिर कतिन्जेल बिक्छ हेरौंला । अनेरास्ववियुको अध्यक्ष भएको भरमा केन्द्रिय सदस्य र समानुपातिक सांसद पदको उपचार पाएर अहिले “जबज”को धज्जी उडाउन खोज्नेको हिसाबकिताब जनताले अवश्य गर्नेछन ढुक्का हुनुस । पार्टीको संगठित सदस्य समेत हुनको लागि समेत नैतिक पतन नगुमेको हुनुपर्छ समरण रहोस ।
तपाइँले गम्भीर भएर सोच्नैपर्छ न त तपाइँको बैंस उमेर नै छ याद गर्नुहोस “जबज” नभएको भए तपाइँ यहाँ सम्म कुनै हालतमा आइपुग्नु हुने थिएन त्यसैले अझै धेरै फुरफुर नगर्नुहोस नत्र रेखा बिग्रन सक्छ । एउटा नेपाली उखान तपाइँलाई अवश्य थाहा होला “धेरै उम्लियो भने पोखिइन्छ भनेर” ।
माननीयज्यु नबिर्सिनुहोला “जबज” भनेको दर्शन हो ।
ढिलै भए पनि मति सुधार्नुस , जनताको बिचमा जाने आँट राख्नुस शुभकामना ।
– मनोज पहारी , पोखरा
