• Saturday 25th of July 2026

काँग्रेस वरिष्ठ नेता पौडेलसँग चिनियाँ राजदूतको भेट


  • आशाका किरण
sf7df8f}F, !# ;fpgM g]tf kf}8]n;Fu lrlgofF /fhb"tsf] e]6 g]kfnL sfFu|];sf jl/i7 g]tf /fdrGb| kf}8]n;Fu pxfFsf] lgjf; af]xf]/f6f/df dªunaf/ lzi6frf/ e]6jftf{ ub}{ g]kfnsf nflu lrlgofF /fhb"t xfp ofG5L . tl:a/ ;f}hGoM g]tf kf}8]nsf] ;lrjfno÷/f;;

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज उहाँहरुबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६३औँं वर्ष गाँठको अवसरमा भेट भएको नेता पौडेलको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा उहाँहरुबीच बिपी कोइराला र माओत्से तुङ्का पालादेखिको काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध तथा चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सहयोग गर्ने बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij