• Wednesday 9th of September 2026

काँग्रेसद्वारा गण्डकी प्रदेशसभा आज पनि अवरुद्ध


  • आशाका किरण

एक घर एक पिसिआरलगायतका विषय समेट्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गण्डकी प्रदेशसभामा दर्ता गराएको सङ्कल्प प्रस्ताव कार्य सूचीमा नराखिएपछि आज पनि प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । प्रदेशसभामा दर्ता गराएको एक घर एक पिसिआर, पिसिआरको दायरा बढाउनुपर्ने, कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शवको व्यवस्थापन गर्नुपर्नेलगायतका विषय समेटिएको सङ्कल्प प्रस्ताव कार्यसूचीमा प्रवेश नगरेपछि काँग्रेसले लगातार प्रदेशसभा अवरुद्ध गर्दै आएको हो । बैठक शुरु हुनासाथ काँग्रेसका प्रदेशसभा सदस्य उठेर अवरोध गरेका थिए । सभामुख नेत्रनाथ अधिकारीले यसलाई साझा प्रस्तावका रुपमा लैजाने पहलस्वरुप कार्यदल गठन गरिए पनि निष्कर्षमा पुग्न नसकेको र छलफल जारी रहेको भन्दै बैठक पुनःसञ्चालन गर्न सहयोग पु-याउन आग्रह गर्नुभयो

। प्रतिपक्षका तर्फबाट अवरोध जारी राखेपछि सभामुख अधिकारीले बैठक आगामी साउन १६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभयो । कोरोना सङ्क्रमण बढिरहेका अवस्थामा एक घर एक पिसिआर, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, सङ्क्रमितबाट मृत्यु भएकाको शव व्यवस्थापनजस्ता अत्यावश्यक विषय समेटिएको सङ्कल्प प्रस्ताव प्रदेशसभामा दर्ता भएका अवस्थामा कार्यसूचीमा राख्न आलटाल गरिएको नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले जानकारी दिनुभयो । सङ्कल्प प्रस्तावलाई कार्यसूचीमा नराख्दासम्म काँग्रेसका तर्फबाट प्रदेशसभा अवरोध कायमै रहने प्रवक्ता दवाडीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij