• Friday 24th of July 2026

राष्ट्रिय युवा परिषद्मा पहिलो कार्यकालमा सिन्को नभाँचेको आरोप पुष्टी गर्न कान्तिपुर टिभिलाई माधव ढुंगेलको चुनौती


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण मिडिया। नेकपाका केन्द्रीय सदश्य एवम् राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले कान्तिपुर टेलिभिजनलाई आफुमाथी लगाएको आरोप पुष्टी गरेर देखाउन चुनौती दिएका छन् । आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुराकानी गर्दै ढुंगेलले कान्तिपुर टिभिलाई चुनौती दिएका हुन् । कान्तिपुर टेलिभिजनले ढुंगेलमाथी “राष्ट्रिय युवा परिषदमा सिन्को नभाँचेका माधव ढुंगेललाई पुनः जिम्मेवारी” को आरोप लगाएपछि ढुंगेल खरो रुपमा प्रस्तुत भएका हुन् । पहिलो कार्यकालमा ७०० भन्दा बढी कार्यक्रम गरेको परिषद्ले केही गरेन भन्नू दुखद रहेको र जिम्मेवार मिडियाले भ्रमपुर्ण समाचार प्रशारण गरेकोमा दुख समेत ब्यक्त गरे । हेर्नुस पूरा भिडियो वार्ता :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij