• Wednesday 9th of September 2026

संविधानको रक्षा, प्रयोग र विकास गर्दै राष्ट्रिय आवश्यकता पूरा गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ


  • आशाका किरण
sfg"gL kqsfl/tf cled'vLs/0f sfo{qmdkf]v/f, @^ k'; M ;+;bLo kqsf/ d~r u08sL k|b]zsf] cfof]hgf Pjd d'Vo GofoflwjQmfsf] sfof{nosf] ;xof]udf zlgaf/ kf]v/fdf cfof]lht sfg"gL kqsfl/tf cled'vLs/0f sfo{qmddf af]Nb} u08sL k|b]zsf d'VodGqL k[YjL;'Aaf u'?ª . t:jL/M xl/ afF:tf]nf÷/f;;

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको रक्षा, प्रयोग र विकास गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप संस्थागत र सुदृढ पार्नु तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपाली जनातको बलिदानीपूर्ण सङ्घर्षपश्चात् जनप्रतिनिधिबाट निर्मित संविधान घोषणा भएको दिन नेपालको राजनीतिक एवम् संवैधानिक इतिहासमा युगिन महत्वको दिनका रुपमा स्वर्णिम अक्षरले लेखिएको उल्लेख गर्नुभएको छ ।

उहाँको सन्देशमा भनिएको छ – संविधानमा जनताका मौलिक अधिकारहरू संस्थागत हुनु, सामाजिक न्याय सहितको समावेशी र सहभागितात्मक लोकतन्त्रको प्रत्याभूति गरिनु, सङ्घीय लोकतान्त्रिक शासन पद्धतिको व्यवस्था गरिनु र समाजवाद उन्मुख राज्य व्यवस्थाको प्रत्याभूति गर्नु नेपाली क्रान्तिको मौलिक र महत्वपूर्ण उपलब्धि हो । नेपालको संविधानले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायत सबै तह, तप्का, वर्ग र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको छ ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij