सुदर्शन बजगाई,आशाका किरण समाचार । तत्कालीन नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालकी केन्द्रीय सदस्य बालिका खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध लगाएको यौन दुर्व्यवहार आरोप नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेर फिर्ता लिएकी छिन् । नेकपाको कार्यालयमा इस्वरी रिजाललाई निवेदन बुझाउँदै बालिका खड्काले मुद्धा फिर्ता लिएकी हुन। पार्टी कार्यालयमा निवेदन बुझाए लगत्तै आशाका किरणसंग कुराकानी गर्दै नेकपा कार्यकर्ता समेत रहेकी बालिका खड्काले यसले नेकपाको र दुबैको राजनैतिक जिवनमा असर परेकाले मुद्धा फिर्ता लिएको बताइन् । हेर्नुस् बालिका खड्काले आज पार्टी कार्यालय पुगेर बुझाएको निवेदन जस्ताको त्यस्तै :

बालिका खड्काले रुँदै मिडियामा अन्तरवार्ता दिएपछि शेरधन राई विरुद्ध सामाजिक संजाल रंगिएको थियो । यसअघि काठमाडौं जिल्ला अदालतमा अंश दाबी गर्दै हालेको मुद्धा समेत खड्काले फिर्ता गरेकी थिईन् । हेर्नुस मुद्धा फिर्ता गरेको कागज :


