• Wednesday 9th of September 2026

प्रधानमन्त्री केपी ओलीमा धेरै जान्ने हुँ भन्ने घमण्ड छ : रामनारायण बिडारी


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीमा घेरै जान्ने छु भन्ने घमण्ड रहेको बताएका छन् । आशाका किरण मिडियासंग कुरा गर्दै वाक कलाका कारण नेपाली जनताको मन मस्तिस्कमा बस्न सफल बिडारीले सो कुरा बताएका हुन् । उनले भने,”सायद धेरै अध्यन गरेर होला प्रधानमन्त्री केपी ओलीमा म धेरै जान्ने छु भन्ने भ्रम छ ।” प्रधानमन्त्री केपी ओली आफैंमा नराम्रो मान्छे नभएतापनी उनले नियुक्त गरेकी मन्त्री र पदाधिकारीका कारण विवादित हुनु परेको धारणा ब्यक्त गरेका छन् ।

उनले थपे,” प्रधानमन्त्रीमात्र सही भएर हुन्न उनले नियुक्ति दिएकापनी सही हुनुपर्छ ।” आफ्ना सहयोगीका कारण सधैं विवादमा परेका प्रधानमन्त्री केपी ओलीलाई तपाईंहरुले भेट्नु हुन्न भन्ने प्रस्नमा बिडारीले प्रधानमन्त्री केपी ओलीलाई  ब्यक्तीगत रुपमा भेट्न खोज्दा सचिवालयका साथीहरुले समय ब्यवस्थापन नगरेको र सचीवालयमा रहेकाले सांसदलाई प्रधानमन्त्रीबाट अलग राखेको र बिचौलियालाई मात्र भेट्न दिने गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री आफैंले भ्रस्टाचार नगरेतापबी प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त फरेका घेरै मन्त्री र पदाधिकारी पैसा कमाउन अभियानमा लागेको  बिडारीले बताए ।

प्रधानमन्त्री केपी ओली समर्थक र बाबुराम भट्टराईको कारणले गर्दा उपत्यकामा कोरोना महामारीको रुपमा फैलिएको गम्भीर आरोप समेत लगाए । प्रधानमन्त्री केपी ओलीले आफ्नो समर्थनमा निकाल्न लगाएको र्याली,बाबुराम भट्टराईको विरुद्धमा भएको  पर्दशन र डा बाबुराम भट्टराईले हुल लिएर टेकुमा जाँदा कोरोना फैलिएको बिडारीकी ठम्याइ छ ।

कसरी रोक्न सकिन्छ कोरोना ? के सुझाब छ सरकारलाई? के तपाईं सरकारको काममा सन्तुष्ट हुनुन्छ ? सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकामा सरकारले पुन: नियुक्ति दिन्छ त ? किन हारेकालाई राष्ट्रिय सभा सदश्य बनाएको ? तपाईंको पार्टीमा मन्त्री बन्ने मापदण्ड के ? बिटो बुजाउनेमात्र सांसद र मन्त्री हुने हो नेकपामा ? यस्तै नेरोघेरोमा रहेर क्यामेरा म्यान रबी कुमार बरुवालको सहयोगमा आशाका किरण मिडियाकालागी आशाका किरण डट कमका प्रधान सम्पादक सुदर्शन बजगाईले राष्ट्रिय सभा सदश्य रामनारायण बिडारीसंग गरेको भिडियो कुराकानीको संपादित अंश :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij