• Wednesday 9th of September 2026

नेपाली काँग्रेस संसदीय दलद्वारा भत्र्सना


  • आशाका किरण

नेपाली काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको जनाउँदै सो घटनाको भत्र्सना गरेको छ । दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत कोरोना भाइरस सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गर्दैै सतर्कताका साथ जिप्रका पुगेका जिल्ला पार्टी सभापतिलगायत नेताकार्यकर्तालाई प्रवेशमा नै रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापनपत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको आरोप लगाउनुभएको छ ।

“प्रहरी प्रशासनको दमनमा परी काँग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायतका साथीहरु घाइते हुनु भएको छ । जिल्ला नेतृत्वमाथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय विषय हो, यसको काँग्रेस संसदीय दल विरोध गर्दछ । उक्त घटनामा घाइते हुनु भएका सम्पूर्ण साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं” विज्ञप्तिमा उल्लेख छ । गुल्मी घटनाको छानबिन गरी दोषीलाई कानूनी कारवाहीका दायरामा ल्याउन माग गर्दै उहाँले ज्ञापनपत्रमा उल्लेखित विषय सम्बोधन गर्न र गम्भीर बन्न प्रधानमन्त्री र गृहमन्त्रीको समेत ध्यानाकर्षण गराउनुभएको छ ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij