सुदर्शन बजगाई,आशाका किरण समाचार। राष्ट्रिय युवा संघ नेपालले जिल्ला इन्चार्ज र सह इन्चार्जको नाम आज टुङ्गाएको छ। लामो समयसम्म जिम्मेवारी बाँडफाँड नहुँदा संगठनले काममा गती लिन सकेको थिएन। आज संयोजक रामप्रसाद सापकोटा र सह-संयोजक रमेश पौडेलले सर्वसम्मत निर्णय गरेर संयुक्त रुपमा हस्ताक्षर गरेर परिपत्र जारी गर्दै जिम्मेवारी बाँडफाँड गरेका हुन् । यसले संगठनलाई गतिशील बनाउने र संगठनमा रक्तसञ्चार हुने सबिक युवा संघ नेपालका सचिव एवं राष्ट्रिय युवा संघ नेपालका प्रभावशाली नेता बच्चन बहादुर संहले आशाका किरण मिडियालाई बताए । बच्चन बहादुर संहका अनुसार युवा संगठनले गरेको कामबाट पार्टी नेताहरुलाई बाँकी रहेका एकताको काम सक्काउन बल पुग्नेछ। हेर्नुस कसले कहाँ जिम्मेवारी पाए :




