• Wednesday 9th of September 2026

मुख्यमन्त्री शंकर पोखरेलमाथीको आक्रमण हतास मानसिकताको उपज हो : युवा नेता बच्चन सिंह


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रदेश नम्बर ५ का मुख्यमन्त्री एवं नेकपाका प्रभावशाली नेता शंकर पोखरेलमाथी भएको साङ्घातिक आक्रमणको नेकपाका युवा नेता बच्चन बहादुर संघले बिरोध गरेका छन्।  सामाजिक संजाल फेसबुकमा लेख्दै साबिक युवा संघ नेपालका सचिव एवं संगठन विभाग प्रमुख समेत रहेका सिंहले यो आक्रमण हतास मानसिकताको उपज रहेको धारणा ब्यक्त गरेका छन्।आज प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका थिए  । काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा रहेका दुई वटा गाडी माथि ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहार भएपछि पहिल्यैदेखि राजमार्ग चौराहामा तैनाथ प्रहरीले हवाई फायर गरेको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ । सो घटनापछी आक्रोशित सिंहले यस्तो विचार सार्वजनिक गरेका छन्।  हेर्नुस सिंहको फेसबुकको स्टाटस जस्ताको त्यस्तै :

नेकपाका बौद्धिक नेता, प्रदेश न. ५ का मुख्यमन्त्री आदरणीय नेता शंकर पोखरेल माथी गरिएको साङ्घातीक आक्रमण अमानवीय र हतास मनस्थितिको उपज बाहेक अरु केही हुन सक्दैन।
जस्ले सदैब बिचार र आस्थाको राजनीति गर्नुभो, गणतन्त्र स्थापनाका लागि सडक र सन्सदमा समेत आवाज बुलन्द गर्नुभयो, यो मुलुकमा सम्बिधान शभा मार्फत जनताको सम्बिधान बनाउन देश भित्रका राजनैतिक दलहरु सङ्ग सहजीकरण र समन्वयात्मक भूमिका निर्वाह गर्नुभयो र अहिले पनि नेकपा भित्रका विवाद सुल्झाउन सक्दो योगदान गरि रहनु भएको छ त्यस्ता ब्यक्तिव माथिको आक्रमण अत्यन्तै खेदजनक र भर्स्तना योग्य छ।
जहाँ सम्म प्रदेश राजधानी कहाँ राख्ने भन्ने कुरा छ त्यो सबै नागरिकलाई पाईकपर्ने स्थानमा राख्दा राम्रो हुन्छ र त्यस्को समाधान सम्बाद मार्फत मात्र गर्न सकिन्छ, अपराधिक क्रियाकलाप बाट हुन सक्दैन।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा कांग्रेस युवा नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई पक्राउ गरेको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए ।

भैरहवाबाट बुटवल आउँदै गरेका मुख्यमन्त्रीलाई कांग्रेस कार्यकर्ताले कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरेका थिए । प्रदेश राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले जिल्ला बन्द आह्वान गरेकाले कडा सुरक्षाबीच मुख्यमन्त्री भैरहवाबाट बुटवल आउँदै थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij