सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली युवा संगठन राष्ट्रिय युवा संगठन नेपालका सह-संयोजक रमेश पौडेलले एक भिडियो वार्तामा संसनीखेज खुलासा गरेका छन् ।
आशाका किरण मिडियासंग कुराकानी गर्दै राष्ट्रिय युवा संघ नेपालका सह-संयोजक रमेश पौडेलले केपी ओलीलाई कमजोर बनाउन सके प्रधानमन्त्री र पार्टीको नेता बन्न सकिन्छ भनेर नेकपाका अध्यक्ष पुस्प कमल दाहाल(प्रचण्ड) पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल केपी ओलीलाई खुईलाउन लागेको बताएका छन् ।
कोही प्रधानमन्त्री बन्न नपाएर,कोही पार्टीको नेता बन्न नपाएर,कोही सांसद र मन्त्री बन्न नपाएर र कोही राजनीतिक नियुक्ति नपाएर आफ्नै पार्टी नेतृत्वको सरकारको बिरोध गर्न लागेको रमेशकुमार पौडेलले बताएका छन् ।
आशाका किरण मिडियाकालागी आशाका किरण मिडियाका अध्यक्ष एवम् प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुराकानी गर्दै साबिकको युवा संघ नेपालको अध्यक्ष समेत रहेका राष्ट्रिय युवा संघ नेपालका सह-संयोजक रमेशकुमार पौडेलले सो कुरा बताएका हुन् ।
फरक प्रसंगमा गोकुल बास्कोटा इमानदार नेता रहेको र डा युवराज खतिवडा आफ्नो क्षमताका कारण पटक पटक नियुक्त भएको बताएका छन्।
हेर्नुस् पुरा भिडियो :
