सुदर्शन बजगाई,आशाका किरण समाचार। नेपाल कम्युनिस्ट पार्टी कागेस्वरी मनोहरा नगर कमिटीका अध्यक्ष एवम् अधिवक्ता ज्योतीराम फुयालले प्रधानमन्त्री केपी शर्माओली, नेकपाका कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल-प्रचण्ड र पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको झगडा देखेर कहिलेकाही रुन मन लाग्ने धारणा ब्यक्त गरेका छन् ।
नेताको झगडाले गरेर कार्यकर्तामाझ जाँदा आफुले धेरै चोटि शिर निहुराउनु परेको र मुन्टो लुकाउनुपरेको फुयालले बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई २ दिने अल्टिमेटम दिएको बखत र नेताहरु एकर्कालाई खुईलाउन लागेको देखेर कार्यकर्तामा निराशाजनक अवस्था समेत आएको ज्योतीराम फुयालले आशाका किरण मिडियामा बताए ।
नेताको झगडा सतहमा आउँदा तल्लो तहका कार्यकर्ताको के छ त अवस्था भन्ने विषयमा आशाका किरण मिडियाकालागी प्रधान सम्पादक सुदर्शन बजगाईले तय गरेको भिडियो वार्तामा अधिबक्ता समेत रहेका ज्योतीराम फुयालले सो कुरा बताएका हुन् । हेर्नुस थप के भने पूरा अंश भिडियो वार्तामा :
