सुदर्शन बजगाई,आशाका किरण समाचार। नेकपाको शक्तीशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालका सह-संयोजक रमेश पौडेलले नेकपाका कार्यकारी अध्यक्ष पुस्प कमल दाहाललाई चेतावनी दिएका छन्। पार्टी फुटाउन कम्मर कसेर लागेको भन्दै रमेश पौडेलले सामाजिक संजाल मार्फत कार्यकारी अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका हुन्। सामाजिक संजाल फेसबुकमा पौडेलले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका हुन्। ओली निकट मानिएका पौडेलले यस्तो चेतावनी दिएका थिए,हेर्नुस जस्ताको त्यस्तै :
पार्टीको सचिवालय बैठकमा दोस्रो अध्यक्ष अर्थात कार्यकारि अध्यक्ष क. प्रचण्डले पहिलो अध्यक्ष कमरेड केपी शर्मा ओली विरुद्द दर्ज गर्नुभएको निवेदन निम्न कारण गलत छ भन्ने मेराे जिकिर हाे ।
१ एकताको मर्म र भावना विपरित ।
२भर्खरै सम्पन्न स्थाई कमिटिको बैठकको स्प्रिट विपरित ।
३अन्तरिम विधानमा उल्लेख भएको आपसी सल्लाहमा पार्टिका बैठक, आधिकारिक निर्देशन,निवेदन दिने, सल्लाहमा काम गर्ने भन्ने भावना विपरित भएको ।
४ आफ्नाे परिभाषित जिम्मेवारी पुरा नगरी पार्टी एकताबद्द बनाइ बाकी रहेका सम्पुर्ण एकता नटुङग्याई कम्युनिष्ट आन्दोलन लाई नै कमजोर बनाउन खोजिएको छ ।
५ .आफुसंग सल्लाह भएर गरेका कामकाे पनि जिम्मा नलिई तथ्य बङ्याउन खाेजेकाे । ६. वर्ग मित्र र सहयाेद्दाले भन्दा पनि कुनै विपक्षिले भन्दा नि ज्यादा कथित विकाउ र आफ्नाे टाउकाे जाेगाई नेतृत्वको बद्नाम गराउदै गम्भीर आराेप लगाएकाे ।
७. साविक पार्टी भित्र सकेजति खेल्नु भएको छ ।
८. फाईदामा फसेर विचारमा केन्द्रीकृत हुन नसकेकाे ।
याे पत्रले पार्टीलाई फुटकाे दिसामापार्टीको सचिवालय बैठकमा दोस्रो अध्यक्ष अर्थात कार्यकारि अध्यक्ष क. प्रचण्डले पहिलो अध्यक्ष कमरेड केपी शर्मा ओली विरुद्द दर्ज गर्नुभएको निवेदन निम्न कारण गलत छ भन्ने मेराे जिकिर हाे ।
१ एकताको मर्म र भावना विपरित ।
२भर्खरै सम्पन्न स्थाई कमिटिको बैठकको स्प्रिट विपरित ।
३अन्तरिम विधानमा उल्लेख भएको आपसी सल्लाहमा पार्टिका बैठक, आधिकारिक निर्देशन,निवेदन दिने, सल्लाहमा काम गर्ने भन्ने भावना विपरित भएको ।
४ आफ्नाे परिभाषित जिम्मेवारी पुरा नगरी पार्टी एकताबद्द बनाइ बाकी रहेका सम्पुर्ण एकता नटुङग्याई कम्युनिष्ट आन्दोलन लाई नै कमजोर बनाउन खोजिएको छ ।
५ .आफुसंग सल्लाह भएर गरेका कामकाे पनि जिम्मा नलिएकाे ।
६. वर्ग मित्रकाे भन्दा पनि विकाउ र टाउकाे जाेगाउन गम्भीर अाराेप लगाएकाे ।
७. साविक पार्टी भित्र अधिकतम अन्तरबिराेध ल्याएर खेलेकाे । ८. फाईदामा फसेर विचार शुन्य भइ अबकाे दिशाका बारेमा केन्द्रीकृत हुन नसकेकाे ।
९.पार्टीलाई फुटकाे दिसामा लान खाेजेकाे ।
त्यसकारण उक्त निवेदन फिर्ता लिई पार्टीलाई एकताबद्द बनाई एकताको मर्म र भावना का साथै विधानको म्याण्डेट अनुसार एकताको महाधिवेशन समयमा गराई नेपाली कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउन भुमिका खेल्न कमरेड कार्यकारि अध्यक्षलाई अनुरोध छ । बल तपाईंकै काेर्टमा छ है कमरेड ।
