• Wednesday 9th of September 2026

नेपाल संवत्ले निःस्वार्थ भावले समाजमा अग्रसर रहन प्रेरणा दिने राष्ट्रपतिको विश्वास


  • आशाका किरण

काठमाडौँ, १ मङ्सिर (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेसं नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश दिँदै यस संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको अधिकतम पालना गर्दै नेपाल संवत्को नयाँ वर्ष मनाउन सबैमा आह्वान पनि गर्नुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो ।

यस संवत्को पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ ।

लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij