• Wednesday 9th of September 2026

केपी ओलीलाई केन्द्रीय कमिटीबाट हटाउन नसकिने : पूर्वमन्त्री बाँस्कोटा


  • आशाका किरण

पूर्वसूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट केन्द्रीय कमिटीको निर्णयबाट हटाउन नसकिने बताउनुभएको छ ।

प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले महाधिवेशन र आम निर्वाचनवाट निर्वाचित प्रधानमन्त्रीलाई बहुमतको निर्णयबाट हटाउन खोज्नु नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०लाई अस्तव्यस्त बनाउने प्रयास भएको जिकिर गर्नुभयो ।

उहाँले पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई महाधिवेशन र संसदीय प्रक्रियाबाट मात्र हटाउन सकिने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्नुभयो । बाँस्कोटाले राजनीतिक र पार्टीको स्थिरताका लागि महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बहुमत केन्द्रीय कमिटीले हटाउन नसक्ने जिकिर गर्दै बहुमत सदस्यले आफ्नो दृष्टिकोण राख्न सकिने बताउनुभयो ।

उहाँले अहिलेको पार्टीको विवाद छलफल र संवादबाट समाधान गर्न सकिने उल्लेख गर्दै निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पूरा हुुनुपर्नेमा पार्टीका कार्यकर्ता र आमजनताको चाहना रहेको बताउनुभयो । उहाँले राजनीतिका नाममा हिंसा र व्यक्ति हत्या स्वीकार्य हुनसक्दैन भन्दै कम्युनिष्टको नाममा व्यक्ति हत्या खेदजनक रहेकामा भत्र्सना गर्नुभयो ।

पार्टीको जिम्मेवार पदमा बसेका नेताका सम्बन्धमा उठेका नैतिकताका विषयमा हुने छानबीनका लागि पद त्याग गर्नु उचित हुने आफ्नो निजी विचार रहेको उल्लेख गर्नुभयो । संवैधानिक निकायको खाली रहेका पदमा हुने नियुक्तिका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दल सहभागी हुनुपर्नेमा जोड दिँदै उहाँले अन्यथा निकाय कमजोर हुनाले सरकारले ध्यान दिई अध्याधेश ल्याउन सक्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij