• Wednesday 9th of September 2026

प्रतिनिधिसभा विघटनः निर्वाचन वैशाख १७ र २७ मा


  • आशाका किरण
/fi6«klt ljBfb]jL e08f/L;dIf jflif{s k|ltj]bg k|:t't /fi6«klt ljBfb]jL e08f/L;dIf z'qmaf/ /fi6«klt ejg zLtnlgjf;df cfof]lht ;df/f]xdf /fli6«o ;'/Iff kl/ifbsf] cfly{s jif{ @)&$÷)&% sf] jflif{s k|ltj]bg k|:t't ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ, ५ पुस (रासस): राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोक्नुभएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भएबमोजिम पहिलो चरणमा आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचनको मिति तोकिएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा संसदीय प्रणालीको मर्म एवं मूल्यमान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्काे प्रतिनिधिसभाको निर्वाचन मिति तोक्नुभएको जनाइएको छ ।
मन्त्रिपरिषद्को आज बिहान भएको बैठकको निर्णयका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सिफारिस गर्नुभएको हो । गत २०७४ मङ्सिर ४ गते विद्यमान प्रतिनिधिसभाको निर्वाचन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij