• Wednesday 9th of September 2026

प्रचण्ड पहिले भित्ते राष्ट्रपति बन्नुभयो,अब फेसबुके प्रधानमन्त्री बन्नु हुन्छ : महेश बस्नेत


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपाका चर्चित युवा नेता एवम् पुर्वमन्त्री महेस बस्नेतले प्रचण्ड अब कहिलेपनि प्रधानमन्त्री नबन्ने दाबी गरेका छन् । आज सामाजिक संजाल फेसबुकमा आफ्नो विचार राख्दै नेता बस्नेतले अब पहिला भित्ते राष्ट्रपति बनेका प्रचण्ड फेसबुके प्रधानमन्त्री बन्ने धारणा सार्वजनिक गरेका हुन् । केपी ओली निकट मानिएका महेस बस्नेतलाई भावी मन्त्रीको रुपमा समेत हेरीएको छ । हेर्नुस फेसबुकमा महेश बस्नेतले राख्नु भएको विचार जस्ताको त्यस्तै :

नेपालमा छलाङ्ग, धक्का, क्रमभङ्ग, महाबिपत्तिको सिद्धान्तका प्रत्युपादक नेता क प्रचण्डको ०६४ सालको चुनाब अगाडी भाबी कार्यकारी राष्ट्रपति भनेर खुव बाल पेन्ट गराईयो फोटो टाँसियो। संबिधान निर्माण गर्दा उहाँले त्यो अडान छोडनु भयो। अनि उहाँहरुले नै भन्ने गरेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेको संसदीय ब्यब्स्थामा सम्झौता गर्नु भयो। अनि त्यो सबै नाटक साबित भयो र उहाँको नाम भित्ते राष्ट्रपति रहन गयो।
आज फेरि बिगठीत प्रतिनिध सभाको नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता हुनु भएछ। अब कहिले बन्न नसक्ने प्रधानमन्त्रीको अभिलाषा बोक्नुभएको क प्रचण्ड अब भित्ते राष्ट्रपति बाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का छ। हार्दिक बधाई छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij