• Saturday 25th of July 2026

सभामुखसँग प्रतिनिधिसभा बैठक बोलाउन माग


  • आशाका किरण
sf7df8f}F ^ df3 M g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf g]tf Pj+ k"j{ ;~rf/ ;"rgfk|ljlw dGqL clUgk|;fb ;fksf]6f ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ;xefuL x'++b} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

प्रतिनिधिसभा विघटन भएका सन्दर्भमा जनता समाजवादी पार्टी नेपालका शीर्षस्थ नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग आज अपराह्न भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटमा जसपाका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकिर गर्दै सभाको बैठक बोलाउन माग गरेको जनाइएको छ ।
प्रधानमन्त्रीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि जसपाले सो सभा जीवितै रहेको मान्यता राखेको जसपाका नेता केशव झाले बताउनुभयो । उक्त भेटमा जसपाका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र नेता लक्ष्मणलाल कर्ण सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij