• Wednesday 9th of September 2026

सुप प्रदेशः भौतिक पूर्वाधार विकासमन्त्री पदमुक्त


  • आशाका किरण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई आज पदमुक्त गर्नुभएको छ । मन्त्री बोहरालाई पदमुक्त गरी प्रदेश प्रमुखलाई जानकारी गराइसकिएको छ ।
“अहिलेको राजनीतिक परिस्थितिका कारण यस्तो अवस्था सिर्जना भएको हो”, मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भन्नुभयो,“अर्को पार्टीको केन्द्रीय सदस्य भइसकेपछि मुख्यमन्त्रीले उहाँलाई पदमुक्त गर्नुभएको हो ।”
डडेलधुरा जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहराले पदमुक्त भएपछि राससलाई प्रतिक्रिया दिँदै राजनीतिक पूर्वाग्रह राखेर आफूलाई पदमुक्त गरिएको हुन सक्ने बताउनुभयो । “मन्त्रीको जिम्मेवारीमा रहेर आफूले कार्यसम्पादन गर्दा मुख्यमन्त्रीको शिर उँचो बनाउने नै काम गरेको थिएँ”, बोहराले भन्नुभयो,“आफू संस्थापन पक्षमा लागेकै कारण पदमुक्त गरिएको हुन सक्छ । ”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij