• Saturday 25th of July 2026

प्रचण्डको प्रधानमन्त्री,माधव नेपालको पार्टी अध्यक्ष र झलनाथ खनालको रास्ट्रपति बन्ने रहरले पार्टीमा संकट आयो:युवा नेता रमेश पौडेल


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी सदश्य एवं रास्ट्रिय युवा संघ नेपालका सह संयोजक रमेश पौडेलले नेकपाका अध्यक्ष  पुस्प कमल दाहाल-प्रचण्डलाई हतारोमा प्रधानमन्त्री ,नेकपाका नेता एवं पुर्व प्रधानमन्त्री माधव नेपाललाई हाताहाती पार्टी अध्यक्ष बन्ने र पुर्व प्रधानमन्त्री झलनाथ खनालको रास्ट्रपति  बन्ने दिवा सपनाका कारण पार्टी विभाजनको अवस्थामा पुगेको कुरा बताएका छन्।

उदयपुर जिल्लाको जिल्ला स्तरिय युवा भेलालाई सम्बाेधन गर्दै प्रमुख अथिति रमेश पाैडेलले सो कुरा बताएका हुन्।

स्थिर सरकारकाे पक्षमा जनता सामु मत मागेर झन्डै दुई तिहाईकाे बहुमत प्राप्त गरेकाे भएपनि त्यस बिरूद पार्टीकै  नेताहरू लागेकाे भन्दै पाैडेलले नेताहरूकाे चर्काे बिराेध गरेका छन्।

नेकपाका  अध्यक्ष तथाप्रधानमन्त्री  केपी शर्मा ओलीले  लिम्युधारा लुपुलेक र कालापानिकाे चुच्चे नक्सा सार्वजानिक गरेसंगै राष्टवादि छवि बनाएकाे र सोका कारण भारतद्वारा अतिक्रमित नेपाली भुमी फिर्ता हुने र प्रधानमन्त्रि लाेकप्रिय हुने देखेका कारण डरले अहिलेको अवस्था सिर्जना  भएको भन्दै त्यसका बिरुद्धमा बुलन्द आवाज उठाउन युवाहरूलाई सह-संयाेजक पाैडेलले आव्हान समेत गरेका छन्।

दाहाल–नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटकाे अवस्थामा आएको  भन्दै पार्टी  फुटकाे सम्पुर्ण दाेस प्रचण्ड र नेपाल समुहले लिनु पर्ने  पौडेलले बताए ।

सूर्य चुनाव चिह्नमा दाबी गर्ने प्रचण्डकाे नैतिक आधार नै नभएकाे भन्दै पाैडेलले सूर्य हाम्रो भएकाे र आधिकारिक पार्टी आफूहरुनै भएकोदाबी गरेका छन्।

पाैडेलले चाैतर्फि घेराबन्दि र जनताले प्रत्यक्ष अनुभुति हुने काम गर्न नदिएका कारण प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने इच्छा गर्नु भएकाे हुदाँ बैशाखमा जुनसुकै हातलमा पनि चुनाव हुने हुदाँ पार्टीले खटाएकाे क्षेत्रहरूमा लाग्न र आफ्ना  नेतालाई चुनाव जिताउन युवालाई आग्रह  समेत गरेका छन् ।

उदयपुर जिल्लाका अधिकांश शैक्षिक संस्था र पालिकाहरुबाट भेलामा सहभागी भएका युवा तथा विधार्थीले सदरमुकाम गाईघाटमा प्रभातफेरी समेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गलत व्यक्तिबाट मुलुकलाई जोगाएर जनतालाई सुम्पिएकोमा युवा तथा विधार्थीले स्वागत गर्दै सुर्य चिन्ह हाम्राे हाे, केपि ओली  जिन्दावाद, ताजा जनादेश जिन्दावाद, स्थिर सरकार जिन्दावाद लगायतकाे नारा लगाउदै बजार परिक्रमा गरेका थिए।

जिल्ला भेलालाई प्रमुख अथितिकाे रूपमा नेकपा केन्द्रिय सदस्य तथा युवा संघ नेपालका सह संयाेजक रमेश पाैडेल र बिषेश अथितिकाे रूपमा नेकपा केन्द्रिय सदस्य तथा अनेरास्ववियूका नेता शैलेश लामा लगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij