• Wednesday 9th of September 2026

चुच्चे नक्सा जारी गरेकै कारण सबैजना केपी ओली नेतृत्वको सरकार ढाल्न लागे : आनन्द पोखरेल


  • आशाका किरण

 

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा ओली समुहका बागमती प्रदेश समितिका अध्यक्ष आनन्द पोखरलेलेले चुच्चे नक्सा जारी गरेकै कारण सबैजना केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागेको बताएका छन् ।

आज नेपाल कम्युनिस्ट पार्टी गोकर्णेश्वर नगर कमिटीले गोकर्णेश्वर ब्यान्केटमा आयोजना गरेको नगर स्तरिय भेलालाई सम्बोधन गर्दै पुर्व संस्कृती  मन्त्री समेत रहेका पोखरेलले राष्ट्रिय स्वाधिनता एवम सार्वभौम सत्ता रक्षा गर्नको लागि चट्टानी अडान लिएका कारण राष्ट्रिय तथा अन्तरास्ट्रिय शक्तीकेन्द्र केपी ओलीलाई पाखा लगाउन लागेको आरोप लगाएका छन् ।

भारतको दादागिरी अन्त्य गर्ने ताकत भएको नेता केपी ओलीमात्र भएकाले सम्पुर्ण कार्यकर्तालाई उर्जाकासाथ लाग्न अनुरोध समेत गरेका छन् ।

कार्यकर्तालाई प्रशिक्षण दिँदै पोखरेलले केपी ओलीलाई मओसंग दाँजेका छन् । नेकपाका विभिन्न तहका नेता कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा नगरभरका कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रचण्ड नन भेज आन्दोलन गर्नुपर्छ भनेर शान्ति र अमन चयन खलबलाउन लागेको आरोप समेत लगाएका छन् ।

केपी ओलीको सरकारले इतिहासकै लोकप्रिय काम गरेकाले सम्पुर्ण कार्यकर्तालाई सरकारले गरेको काम लिएर जनतामा चुनावी माहोल सिर्जना गरेर लाग्न आव्हान समेत गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij